काठमाडौँ। राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।
आज मंगलबार भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपछि शर्माको नाम अस्वीकृत भएको हो। नेपाली काँग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ ।
मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए ।
राष्ट्रिय सभाको अध्यक्षमा अर्का उम्मेदवार नारायण प्रसाद दाहाल छन् । दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार छन्।

































