काठमाडौँ । कलंकीको नापी कार्यालयमा सर्वेक्षक काम गर्ने लक्ष्मी प्रसाद चौलागाई तथा राजधानी लेखापढी सेवामा लेखापढी गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।
उक्त मुद्धा जग्गाको कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएकाले दर्ता गरिएको हो। यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा बिगो बमोजिमको जरिवाना र कैद सजाय पनि माग गरेको छ ।
पोखरेलले सेवाग्रहीसँग लिएको एक लाख मध्ये ५० हजार सर्वेक्षक चौलागाईलाई दिइएको आरोप छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० को देहाय ख बमोजिम सजाय माग गरिएको हो ।

































