काठमाडौँ। बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारको नाममा फिर्ता ल्याउन मालपोत कार्यालयले थालेको प्रक्रियाविरुद्ध अरुण चौधरीले सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
सरकारले अघि बढाएको प्रक्रियालाई बदर गर्न माग गर्दै चाँदबाग रेसिडेन्सीको तर्फबाट अदालतमा निवेदन परेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।
सीआईबीले सरकारी जग्गा हिनामिना प्रकरणमा १८ माघमा अरुण चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजित नारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा।लि।का सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

































