National life
cg eloctronics

सरकारले तोक्यो चैते धानको समर्थन मूल्य, चैते धानको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ चैत २०८०, बिहिबार
614Shares
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य, चैते धानको कति ?
ncell

काठमाडौं। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चैते धानको समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०-८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल बराबर २ हजार ७०७ रुपैयाँ निर्धारण गरेको हो।

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने निर्णय गरेको छ ।

त्यसैगरी आजको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१-८२ का लागि राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम ७ प्रदेशको लागि ७७ अर्ब ५० करोड रुपैयाँ र स्थानीय तहका लागि ७७ अर्ब ५० करोड स्वीकृत गर्ने निर्णय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वित्तीय समानीकरण अनुदानको परिमाण ७ प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृत गर्ने बैठकको निर्णय छ । आजको बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय जानकारी दिएको छ ।

त्यसैगरी संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?