काठमाडौँ । नेपाली बजारमा यस साताको पहिलो कारोबारका दिन सुनको मूल्यमा गिरावट आएको छ। गत शुक्रवार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्यमा आज गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ ।































