National life

सर्वाधिक मूल्य कायम गरेको सुनको प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असार २०८१, आइतबार
500Shares
सर्वाधिक मूल्य कायम गरेको सुनको प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । गत शुक्रवार प्रतितोला १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital
गत शुक्रवार पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँ नै कायम थियो ।

आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज सुनको मूल्य प्रतिऔंस ०.१६ प्रतिशत अर्थात् ३.८९ डलरले घटेको हो। यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४११.६७ डलर कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?