काठमाडौं । कैलालीमा सशस्त्र प्रहरीले पछिल्लो १० दिनको अवधिमा साढे १८ लाख रुपैया बढीको अवैध सामान बरामद गरेको जानकारी दिएको छ ।
सशस्त्र प्रहरीको नेपाल नं.३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले हिजो बुधबार मात्रै करिब आठ लाख बराबरको अवैध सामानसहित चार जना महिलालाई नियन्त्रणमा लिएको छ।
सामान ओसारपसारमा संलग्न धनगढी उपमहानगरपालिका (२ पुरानो भन्सार रोड बस्ने महेश्वरी बिष्ट, तुलसी भट्ट, धना साउद र गौरी ओझालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक खेम ठकुल्लाले जानकारी दिएका छन्।


































