National life

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा बृद्धि,कुल आम्दानी ३ अर्ब ४० करोड खर्च कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
597Shares
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा बृद्धि,कुल आम्दानी ३ अर्ब ४० करोड खर्च कति ?
ncell

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरणको अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ९६.४८ प्रतिशतले बढेर २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड १८ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १० करोड ५४ लाख ९७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी १६६.४१ प्रतिशतले बढेर ७४ करोड ४५ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४४ पैसा छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । कुल आम्दानी ३ अर्ब ४० करोड छ भने कुल खर्च ३ अर्ब १८ करोड रुपैंया रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?