National life

सार्वजनिक निष्कासनको एजेन्डा सहित नेपाल सोलार फार्म लिमिटेडले डाक्यो साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
512Shares
सार्वजनिक निष्कासनको एजेन्डा सहित नेपाल सोलार फार्म लिमिटेडले डाक्यो साधारण सभा
ncell

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । सभा सार्वजनिक निष्कासनको एजेन्डा सहित बोलाइएको हो ।

वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ १ गते काठमाडौँको वाफलस्थित कम्पनीकै केन्द्रीय कार्यालयमा बस्ने गरी विशेष साधारण सभा बोलाएको छ ।

सभामा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधनलगायतका प्रस्ताव पेश गरिने जनाइएको छ ।

Royal Enfield
nic asia capital
यसै गरी कम्पनीले सर्वसाधारण सेयर जारी गर्न नियमनकारी निकायबाट निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश गरिने जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?