National life

मानुषी लघुवित्तको साधारण सभा बोलाइयो, तीन लघुवित्तबीच मर्जर प्रक्रिया अघि बढ्दै

वित्तीय विवरण पारितदेखि मर्जरसम्म

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२४ जेठ २०८३, आइतबार
1.6kShares
मानुषी लघुवित्तको साधारण सभा बोलाइयो, तीन लघुवित्तबीच मर्जर प्रक्रिया अघि बढ्दै
ncell

काठमाडौं । लघुवित्त क्षेत्रको सम्भावित मर्जर प्रक्रियालाई अघि बढाउने तयारीसँगै मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा बोलाएको छ।

जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले तय गरेको निर्णयअनुसार सभा आगामी असार १३ गते बनेपास्थित होटल उग्रचण्डीमा बिहान १०:३० बजेबाट सुरु हुनेछ।

सभामा जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँगको मर्जरसम्बन्धी सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, मर्जरसँग सम्बन्धित हालसम्मका निर्णय तथा कार्यहरूलाई अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणहरू—वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृति लिने एजेन्डा समावेश गरिएको छ।

सभामा लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। असार २ गतेसम्म नेप्सेमा कारोबार भई नाम कायम भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?