National life

नेशनल हाइड्रोपावरको साधारण सभा बोलाइयो, यस्ता छन् एजेण्डाहरु

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०४ असार २०८३, बिहिबार
1.2kShares
नेशनल हाइड्रोपावरको साधारण सभा बोलाइयो, यस्ता छन् एजेण्डाहरु
ncell

काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा असार ३१ गते बिहान ११ बजे काठमाडौँको कालिकास्थानस्थित अमृत भोग क्याटरिङमा सञ्चालन हुनेछ।

सभामा आर्थिक वर्ष २०८१/८२ का गतिविधिसम्बन्धी अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिनेछ। साथै सोही अवधिको वित्तीय विवरणहरू—वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण—समेत पारित गर्ने कार्यसूची रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।

त्यसैगरी, सञ्चालक समितिमा एक महिला सदस्यसहित सात जना नयाँ सञ्चालक चयन गर्ने एजेन्डा समेत समावेश गरिएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?