काठमाण्डौ। बुधवारका दिन नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।
साताको पहिलो कारोबारका दिन बढेको सुनको मूल्यमा निरन्तर बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९३० रुपैयाँ कायम भएको छ।

































