काठमाडौँ। नेपाली बजारमा आज मङ्गलवारका दिन सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पुन बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भएको छ ।

































