काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। गत शुक्रवार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज १७ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाली बजारमा सुनचाँदीको मूल्यमा दैनिक रूपमा वृद्धि हुँदै भएको छ ।






























