काठमाण्डौ। किर्तिमानी कायम गरेको सुनको मूल्यमा लगातार दोस्रो दिन समेत गिरावट आएको छ । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाले घटेको छ ।
मंगलवारका प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला तीनसय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भईरहेको छ ।































