काठमाडौँ । साताको पहिलो कारोबारका दिन सेयर बजारमा चमक छाएको छ । इन्ट्रा डे कारोबारमा नेप्से सूचकका साथमा कारोबार रकम पनि वृद्धि भइरहेको छ।
केही दिनयता नेप्से इन्ट्रा डे मा २८ सयको मनोवैज्ञानिक विन्दु माथि पुगेको छ । अब बजारले क्लोजिङ २८ सयको मनोवैज्ञानिक विन्दुमाथि पुगेको छ ।
२८ सयको मनोवैज्ञानिक रेखामाथि गएर नेप्से टिक्न सकेमा आम लगानीकर्तामा थप उत्साह छाउने अनुमान गर्न सकिन्छ। केही समयता बजारमा आकर्षक सुधार भइरहेको छ । बैंकिङ तरलता र घट्दो ब्याजदरले पनि निकै सहयोग गरेको देखिन्छ ।
दिउँसो १ बजेर ३३ मिनेट जाँदासम्म नेप्से सूचक ६५.८३ अंकले वृद्धि भइसकेको छ भने १५ अर्ब बढीको सेयर कारोबार भएको छ ।































