National life

ल्याण्डपुलिङ र हाउस पुलिङको काम निजी क्षेत्रलाई दिन माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
700Shares
ल्याण्डपुलिङ र हाउस पुलिङको काम निजी क्षेत्रलाई दिन माग
ncell

काठमाडौं । बृहत इनभेस्ट्मेन्ट्स (बिआई) ले आयोजना गरेको २०औं ब्याचको रियल इस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिम सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल जग्गा तथा आवास विकास महासँघका अध्यक्ष भेषराज लोहनीले रियल इस्टेट ब्रोकर / एजेण्ट तथा रियल इस्टेट व्यवसायीहरुलाई अनुमति प्रदान गरी नियमन गर्ने र ल्याण्ड पुलिङ्ग तथा हाउस पुलिङ्गका कार्यहरु निजी क्षेत्रलाई दिने सम्बन्धमा कानूनहरु निर्माण गर्नका लागि महासंघबाट पहल भइरहेको बताए ।

हाल विश्व्यापीरुपमा नै आर्थिक मन्दी छाएको अवस्थामा बृहत इन्भेष्टमेन्टले संचालन गरेको यस तालिमले रियल स्टेट क्षेत्रलाई चलायमान बनाउन केहि हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ भने नयाँ पिंढिलाई यस क्षेत्रमा भविष्यमा करियर बनाउने धेरै सम्भावनाहरु पनि देखाएको उनको भनाइ थियो ।

https://aarthikvoice.com/archives/27722

Royal Enfield
nic asia capital

मन्तब्यको क्रममा नेपाल रियल इस्टेट अर्गनाइजेशन (एनरियो) का सचिव हमिद खानले सो संस्था स्थापनाको उद्देश्य बारे प्रकाश पारेका थिए । नेपाल जग्गा तथा आवास विकास महासंघका बरिष्ठ कानुनी सल्लाहकार डा. गोकुल प्रसाद बुर्लाकोटीले तालिमका सहभागीहरुलाई बधाई दिँदै रियल इस्टेट एजेण्टले यस व्यवसायका विबिध पक्षहरुका साथै कानूनी तथा नैतिक पक्ष समेतलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए ।

समापन मन्तब्य राख्दै बृहत ग्रुपका अध्यक्ष डा. ओम बहादुर राजभण्डारीले डेभेलपर्सले आफ्नो उत्पादनलाई केन्द्रित गरी ग्राहकहरुलाई उत्प्रेरीत गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले तालिमका सहभागीहरुलाई हामीले सिकाएको मात्र नभई सहाभागीहरुबाट झन् बढी सिक्ने अवसर प्राप्त गरेको पनि बताए ।

२०८० साल फागुन २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजित २० औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठान समेतका ११ जनाको सहभागिता रहेको थियो । यस २० औं रिमा ब्याचमा रियल इस्टेट क्षेत्रमा काम गर्दै आएका व्यक्तित्वहरु, रियल इस्टेट लगानीकर्ताका साथै यस पेशामा लाग्न इच्छुक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

दक्ष रिमा मार्फत् घर-जग्गा कारोबारलाई मर्यादित बनाउने उद्वेश्यले कम्पनीले १५ वर्ष अघिदेखि यस्तो तालिमको आयोजना गर्दै आएको छ । यस तालिमबाट हालसम्म २५२ जना रिमा सर्टिफाइड जनशक्ति उत्पादन भैसकेका छन् ।

बृहत इन्भेस्ट्मेन्ट्स नेपालमा व्यवसायिक रिमा तालिम संचालन गर्ने पहिलो र हाल सम्मको एक मात्र कम्पनी हो । अरु व्यवसायको दाँजोमा रियल स्टेटको कारोबार गर्ने व्यवसायीहरुलाई मर्यादित र व्यवस्थित बनाउनुका साथै विदेशमा जस्तो सरकारी मान्यता प्राप्त एजेन्टले मात्र कारोबार गर्न पाउनुपर्ने मागलाई नै बृहत इन्भेस्ट्मेन्ट्सले अघि सारेको छ। तालिममा रियल इस्टेट करिअर बारे आधारभूत जानकारी दिनुका साथै घर निर्माण, इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानून र यसको अभ्यास, आवास कर्जा तथा बीमा, प्रोपर्टी भ्यालुएशन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एण्ड टेक्निकल लगायतका विषयहरु समेटिएको थियो ।

तालिमका प्रशिक्षकहरुमा नेपालका अग्रणी रियल इस्टेट विज्ञ ओम राजभण्डारीका साथै पुर्णिमा राजभण्डारी, रुद्र प्रसाद पोखरेल, बृहत राजभण्डारी, पुष्प राज खनाल, सुजन श्रेष्ठ, रश्मी तुलाधर रहेका थिए । समापन कार्यक्रममा तालिमका सहभागीहरुले तालिमको महत्व बारे आ-आफ्नो अनुभव तथा धारणा राखेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि भेषराज लोहनी र बृहत इन्भेस्टमेन्ट्स ग्रुपका अध्यक्ष डा.ओम बहादुर भण्डारीले संयुक्तरुपमा तालिमका सहभागीहरुलाई रिमा प्रमाणपत्र वितरण गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
700SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?