National life

११.११ अभियानका लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
585Shares
११.११ अभियानका लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
ncell

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि बीच बैंकका कार्डबाहक ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागू हुने बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौता अनुसार सिटिजन्स बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

माथि उल्लिेखित पूर्वभुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिका लागिमात्र लागू हुने बैंकले जनाएको छ । सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ७२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?