काठमाण्डौ। आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । कारकोबाको अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेको छ ।
चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भईरहेको छ ।































