काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १३ सय रुपैयाँले घटेको सुनको मूल्य आज १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य भने घटेको छ ।
चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको छ ।































