काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको खुद नाफा ३६.१० प्रतिशतले बढेर १७ करोड ६४ लाख २३ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो। अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ९६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद बिमा शुल्क आर्जन बढेसँगै यस कम्पनीको खुद नाफा बढेको हो ।
पुस मसान्तसम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९२ पैसा छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ्गमा ६६ करोड ८६ लाख र अन्य इक्विटीमा ९ करोड २६ लाख ९४ हजार रुपैयाँ छ ।

































