National life

५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन एभरेष्ट बैंकका सेयरधनीहरुलाई आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ साउन २०८१, शुक्रबार
673Shares
५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन एभरेष्ट बैंकका सेयरधनीहरुलाई आग्रह
ncell

काठमाण्डौ। एभरेष्ट बैंक लिमिटेडले सेयरधनीहरुलाई ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन आग्रह गरेको छ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।

बैंकले आव २०५५/५६ देखि २०७५/७६ सम्मको लाभांश रकम बुझिलिन बाँकी सेयरधनीको संख्या र जम्मा रकम बारे जानकारी प्रकाशित गरेको छ । जसमा आव २०७५र७६ मा सबैभन्दा बढी अर्थात ११ हजार ४४२ जना सेयरधनीले लाभांश रकम बुझिलिन बाँकी रहेको छ ।

Royal Enfield
nic asia capital

बैंकबाट लाभांश पूर्जा लिई भुक्तानी लिन बाँकी तथा लाभांश पूर्जा हालसम्म पनि लिन नआएका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्ररडिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको सेयर शाखामा सम्पर्क राखी लाभांश रकमको भुक्तानी लिन आग्रह गरेको छ ।

उल्लेखित ५ वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित सेयरधनीहरुको नामसहितको विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले जारि गरेको सूचनामा भनिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?