काठमाडौँ। एभरेष्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेटेर आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ।
आफ्नो यसै गौरवमय परम्परालाई निरन्तरता दिने क्रममा बैंकले वि.सं. २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ।
एक विशेष समारोहका बीच बैंकको सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले २०८३ सालको क्यालेन्डर अनावरण गर्नुभएको हो। उक्त समारोहमा बैंकका सञ्चालकहरू लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
एभरेष्ट बैंकको हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् भने देशैभरि १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू र १६३ वटा एटिएम सञ्चालनमा छन्।
विश्वव्यापी नेटवर्कमार्फत अत्याधुनिक मोबाइल, इन्टरनेट र एस्एम्एस् बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।


































