National life

सानिमा रिलायन्स लाइफले खुद नाफा र बीमा शुल्कमा मार्यो छलाङ्ग, अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
546Shares
सानिमा रिलायन्स लाइफले खुद नाफा र बीमा शुल्कमा मार्यो छलाङ्ग, अन्य सूचक कस्ता ?
ncell

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा ९६.४८ प्रतिशतले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा भने कम्पनीले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समिक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ७४ करोड ४५ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको बिमा कोषको आकार १६.३० प्रतिशतले बढेर १२ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । साथै कम्पनीको रिटेन्ड अर्निङ ९२ करोड १५ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रहेको कम्पनीको दोस्रो त्रैमाससम्मको यस अवधिमा प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?