National life

८ महिनामा १८ सय १७ जना जुवाडे पक्राउ, २ करोड ६३ बढी बरामद, कुन प्रदेशबाट कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
485Shares
८ महिनामा १८ सय १७ जना जुवाडे पक्राउ, २ करोड ६३ बढी बरामद, कुन प्रदेशबाट कति ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा देशका विभिन्न ठाउँमा जुवा तास खेल्ने एक हजार आठ सय १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म देशका विभिन्न भागमा जुवा तास खेल्ने उल्लेखित सङ्ख्याका जुवाडे पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौँ उपत्यकाबाट ७ सय ७९, कोसी प्रदेशबाट १ सय १५, बाग्मती प्रदेशबाट १ सय १३, गण्डकी प्रदेशबाट २ सय ९९, लुम्बिनी प्रदेशबाट ९४, कर्णाली प्रदेशबाट १ सय ४ र सुदूरपश्चिम प्रदेशबाट ३ सय १३ जना रहेका छन्।

यो बिचमा प्रहरीले उनीहरूको साथबाट दुई करोड ६३ लाख ४५ हजार चार सय रुपैयाँ बरामद गरेको केन्द्रीय प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मुलुकी अपराध संहिता २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफा अन्तर्गत पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना गर्ने कानुनी व्यवस्था रहेको छ ।

यसै गरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?