काठमाडौँ । प्रहरीले जुवाको खालबाट ९ जुवाडेलाई पक्राउ गरेको छ। टोखा नगरपालिका- ९ दीप ज्योतिबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मकवानपुर बागमती गाउँपालिका-८ घर भएका २५ वर्षीय राज कुमार लामाको होटल शुभयात्रा गेस्टहाउसमा मङ्गलवार साँझ जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ५ सय रुपैयाँ, ६ बुक तास र १२ थान मोबाइलसहित पक्राउ गरेको छ।
प्रहरीले उक्त घटनामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


































