National life
cg eloctronics

प्रश्न एक, संवाद अनेक - प्रिमियर ज्ञान मेला २०२६को यात्रा

यस वर्षको ज्ञान मेलाको विषयवस्तु नेपालको सांस्कृतिक विविधता र समृद्ध पहिचान थियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|२७ जेठ २०८३, बुधबार
5.9kShares
प्रश्न एक, संवाद अनेक - प्रिमियर ज्ञान मेला २०२६को यात्रा
ncell

काठमाडौं । प्रिमियर इन्टरनेसनल IB Continuum School मा यस वर्षको ज्ञान मेला  केवल एउटा प्रदर्शनी मात्र थिएन, एउटा महत्वपूर्ण प्रश्नको खोज थियो -- “हामीले जानेका कुरा वास्तवमा कसरी जान्यौं?” यही जिज्ञासाले विद्यालय परिसरलाई विद्यार्थी नेतृत्वमा सञ्चालित एक जीवन्त बौद्धिक मञ्चमा रूपान्तरण गर्‍यो।

यस वर्षको ज्ञान मेलाको विषयवस्तु नेपालको सांस्कृतिक विविधता र समृद्ध पहिचान थियो। विद्यार्थीहरू परम्परागत नेपाली पोशाकमा सहभागी भए भने विद्यालय परिसरलाई रतो मच्छिन्द्रनाथको रथ र बौद्धनाथ स्तूपबाट प्रेरित कलात्मक सजावटले सजाइएको थियो। स्थानीय संस्कृति र दार्शनिक चिन्तनको सुन्दर संगमले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रमको मुख्य आकर्षण DP1 का विद्यार्थीहरूले सञ्चालन गरेका १५ वटा अन्तरक्रियात्मक प्रदर्शनी स्टलहरू थिए। ती स्टलहरूमा प्राचीन हस्तलिपिदेखि छेत्री पुतली, DNA का तस्बिरदेखि ढुंगेधारासम्मका विविध वस्तुहरूलाई ज्ञानको दृष्टिकोणबाट प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले सांस्कृतिक सम्पदा र स्थानीय ज्ञानलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्दै “हामी के जान्दछौं?” भन्दा पनि “हामीले त्यो ज्ञान कसरी प्राप्त गर्‍यौं?” भन्ने प्रश्नमाथि गहिरो छलफल गरे।

कार्यक्रमका प्रमुख अतिथि श्री द्युतीमान चौधरीले ज्ञान मेलाको उद्घाटन गर्दै विभिन्न विद्यार्थी स्टलहरूको अवलोकन गर्नुभयो। उहाँले विद्यार्थीहरूले शैक्षिक अवधारणालाई वास्तविक जीवनसँग जोडेर प्रस्तुत गरेको शैलीको प्रशंसा गर्नुभयो।

Theory of Knowledge (TOK) International Baccalaureate (IB) Diploma Programme को महत्वपूर्ण पाठ्यक्रम हो, जसले विद्यार्थीलाई आफूले सिकिरहेको ज्ञानको प्रकृति, स्रोत र विश्वसनीयताबारे गहिरो रूपमा सोच्न प्रेरित गर्छ। TOK प्रदर्शनी यस पाठ्यक्रमको प्रमुख मूल्याङ्कन प्रक्रिया हो, जहाँ विद्यार्थीहरूले वास्तविक जीवनसँग सम्बन्धित वस्तु छनोट गरी त्यसलाई ज्ञानसँग जोडेर आफ्ना तर्क प्रस्तुत गर्छन्।

प्रिमियरमा आयोजित ज्ञान मेला ले यस प्रक्रियालाई कक्षाकोठाभन्दा बाहिर ल्याउँदै व्यवहारिक र जीवन्त बनाएको छ। यहाँ ढाकाको कपडा केवल कपडा मात्र रहँदैन, त्यो ज्ञानको एउटा दाबी बन्छ; र विद्यार्थी केवल उत्तर दिने व्यक्ति होइन, आफ्नो सोच र बुझाइको आधार प्रस्तुत गर्ने अनुसन्धानकर्ता बन्छ।

ज्ञानमेला२०२६लेफेरिएकपटकप्रमाणितगरेकोछकिजबविद्यार्थीलाईप्रश्नसोध्ने, खोजगर्नेरआफ्नाविचारप्रस्तुतगर्नेअवसरदिइन्छ, तबसिकाइअसाधारणबन्छ।

यो समाचार शेयर गर्नुहोस्
5.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?