काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आज (फागुन १५ गते) देखि लगातार तीन दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भक्तपुर चपली १३२ के.भी.प्रसारण लाइनलाई आजदेखि ३ दिनसम्म सट डाउन गर्नुपर्ने भएकोले उक्त दिन चपली, लैनचौर, चाबहिल, बालाजु, पुरानो चाबहिल र महाराजगन्ज ११ के.भी.स्विचिङ सबस्टेसन प्रभावित हुने जनाएको छ ।
ती दिनहरूमा बानेश्वर, महाराजगन्ज, रत्नपार्क, जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रका फिडरहरुबाट विद्युत् आपूर्ति हुने स्थानहरूमा विद्युत् सेवा प्रभावित हुने सम्भावना रहेको छ सूचनामा उल्लेख छ ।


































