National life

राधी विद्युत् कम्पनीले पुनः पुस २८ गतेका लागि बोलायो सभा, यी हुन एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ पुस २०८१, आइतबार
535Shares
राधी विद्युत् कम्पनीले पुनः पुस २८ गतेका लागि बोलायो सभा, यी हुन एजेण्डा
ncell

काठमाडौँ । राधी विद्युत् कम्पनी लिमिटेडले पुनः पुस २८ गतेका लागि वार्षिक सभा बोलाएको छ । यस अगाडि पुस १८ गते बोलाएको साधारण सभा स्थगित भएको थियो।

कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको थियो। सभा हिमशिखर पार्टी भेन्यू, चापागाउँ, ललितपुरमा बिहान ८ बजेदेखि बस्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सभामा कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने भएको छ । त्यसको साथै, यसअघि समावेश गरेका अन्य प्रस्तावहरू पारित गरिने भएको छ ।

त्यसैगरी बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ६९.८९ प्रतिशत हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्ताव पनि रहेका छन्। सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते बुक क्लोज गरिसके हुदाँ पुस ३ गतेसम्म कायम शेयर धनीले लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?