काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आगामी पुस ६ गते छैटौँ वार्षिक साधारण आह्वान गरेको छ ।
गत मङ्सिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गोर्खा होटल, धरान, सुनसरीमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
गत कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले करसमेत गरेर १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
गत वर्ष कम्पनीले १४.७५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । यसै गरी, सोही बैठकले आगामी साधारण सभा पुस ६ गते धरान उपमहानगरपालिका-१२ स्थित होटल गोरखामा गर्ने निर्णय गरेको छ ।
कम्पनीले सभा प्रयोजनका लागि आगामी मङ्सिर २५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मङ्सिर २४ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयर धनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।































