काठमाडौं । भगवति हाइड्रोपावर कम्पनीेले सेयरधनीलाई नगद मात्रै लाभांश दिने भएको छ ।
कम्पनीले पुस २४ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
सभा अपर्ण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुबाट ७ जना र साधारण सेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि परित गर्ने छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एकदिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार, पुस ४ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
































