National life

अधिक तरलता थुप्रिएसँगै एक महिनामै ४४ खर्ब ७६ अर्ब बढी प्रशोचन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
779Shares
अधिक तरलता थुप्रिएसँगै एक महिनामै ४४ खर्ब ७६ अर्ब बढी प्रशोचन
ncell

काठमाडौँ । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले एक महिनाकै अवधिमा मोटो रकम प्रशोचन गरेको छ। केन्द्रीय बैंकले साउन महिनामा मात्र निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत गरी कूल ४४ खर्ब ७६ अर्ब ४५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो।

केन्द्रीय बैंकको तथ्यांकको अनुसार आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा निक्षेप संकलन बोलकबोलमार्फत ८७ अर्ब ८० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ४ खर्ब ३८ अर्ब ६५ करोड रुपैयाँ तरलता प्रशोचन भएको उल्लेख छ ।

उक्त अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४१ करोड ३४ लाख खुद खरिद गरी ५५ अर्ब ४२ करोड रुपैयाँ तरलता प्रवाह गरेको जनाएको छ । त्यस्तै, अमेरिकी डलर ३४ करोड १० लाख बिक्री गरी ४५ अर्ब ७१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको बैंकको तथ्याकंमा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?