National life
cg eloctronics

अधिक तरलता व्यवस्थापन गर्न  निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब खिच्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ असार २०८१, बिहिबार
655Shares
अधिक तरलता व्यवस्थापन गर्न  निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब खिच्दै राष्ट्र बैंक
ncell

काठमाडौँ । वित्तीय प्रणालीमा अधिक मात्रामा तरलता थपिएसँगै नेपाल राष्ट्र बैंकलाई व्यवस्थापनमा सकस देखिन थालेको छ ।

बुधवार स्थायी निक्षेप सुविधा (एसडिएफ) मार्फत २८ अर्ब १० करोड खिचेको केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब तरलता खिच्ने भएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलताको बढेपछि वित्तीय संस्थाहरूले अल्पकालीन लगानीमा प्रतिस्पर्धा गर्न थालेका छन् । जसले गर्दा बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडिएफ) को प्रयोग बढाउँदै लगेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंक तथा वित्तीय संस्थाले जेठ ५ गते बुधवार मात्रै २८ अर्ब १० करोड रुपैयाँ बरावरको स्थायी निक्षेप सुविधा प्रयोग गरेका छन् । बैंक वित्तीय संस्थाले अधिक तरलता भएपछि उक्त रकम ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा राखेका हुन ।

खासगरी बैंकहरुले सातामा २ पटक आइतबार र बुधवार स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउने राष्ट्र बैंकको व्यवस्था छ। सोही अनुसार बैंकहरुले बढी भएको निक्षेप राष्ट्र बैंकमा राख्ने गरेका छन्। केन्द्रीय बैंकले गत फागुन १ गतेदेखि ब्याजदरलाई स्थिर राख्ने तथा तरलता व्यवस्थापन गर्ने नयाँ उपकरणको रुपमा स्थायी निक्षेप सुविधा सुरु गरेको थियो ।

अधिक तरलताका कारण अन्तर बैंकदरमा अस्वाभाविक उतारचढाव नआओस् भनेर स्थायी निक्षेप सुविधाको सुरुवात गरिएको हो। बैंकहरुमा अधिक तरलता हुँदा बैंकहरुले हालसम्म ३७ पटक गरेर पौने १६ खर्ब ९५ अर्ब ९५ करोड बराबरको निक्षेप राष्ट्र बैंकमा राखेका छन्। फागुनदेखि मात्रै केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याएको थियो।

फागुनदेखि नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराएको भएपनि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल नै छ। केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पछिल्लो औसत अन्तर बैंकदर २.९५ प्रतिशत रहेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अधिक छ। बैंकहरुको सिडि रेशियो ८०.०८ प्रतिशतमा झरेको छ। स्थाई निक्षेप सुविधा (एसडिएफ)मार्फत बैंकहरुले रकम जम्मा गर्दा समेत तरलता नघटेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण समेत जारी गर्दे आएको छ ।

nic asia capital

केन्द्रीय बैंकले विहीबार ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकले १४ दिनको लागि ५० अर्ब निक्षेप संकलन उपकरण मार्फत वित्तीय प्रणालीबाट खिच्ने भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर नै ब्याजदर करिडोरको तल्लो सीमा हो । पछिल्ला दिनहरूमा निक्षेप संकलनको ब्याजदर ३ प्रतिशत हाराहारीमा रहेको छ । तर, अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत भन्दा तल झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?