National life

बैंक वित्तीय संस्थामा अधिक तरलता कायमै: केन्द्रीय बैंकद्धारा ७ महिनामा १४८ खर्ब बढी  प्रशोचन 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ चैत २०८१, शुक्रबार
795Shares
बैंक वित्तीय संस्थामा अधिक तरलता कायमै: केन्द्रीय बैंकद्धारा ७ महिनामा १४८ खर्ब बढी  प्रशोचन 
ncell

काठमाडौँ । बैंक वित्तीय क्षेत्रमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकले  निरन्तर रूपमा तरलता खिचिरहेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउनदेखि माघसम्म) को अवधिमा मात्रै राष्ट्र बैंकले १४८ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ ।

७ महिनाको अवधिमा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत १८ खर्ब ०९ अर्ब ५५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत १३० खर्ब ५२ अर्ब गरी कुल १४८ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो। अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद २७ अर्ब ९४ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो।

Royal Enfield
nic asia capital

समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ८७ करोड खुद खरिद गरी ३ खर्ब ८७ अर्ब ५६ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ।

त्यस्तै, माघसम्मको अवधिमा अमेरिकी डलर २ अर्ब २४ करोड रुपैयाँ बिक्री गरी ३ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब १६ करोड रुपैयाँ बिक्री गरी २ खर्ब ८७ अर्ब २५ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा वाणिज्य बैंकहरुको ९ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब २ अर्ब २० करोड रुपैयाँ गरी कुल १० खर्ब ४० अर्ब १ करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २५ खर्ब ९६ अर्ब १८ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको २ खर्ब ७६ अर्ब २६ करोड रुपैयाँ गरी कुल २८ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
795SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?