काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले आकर्षक डिजाइन, स्वास्थ्य निगरानीका आधुनिक सुविधा र लामो समयसम्म चल्ने ब्याट्रीसहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक गरेको छ। यस सिरिजअन्तर्गत रेड्मी वाच–६, रेड्मी वाच–६ लाइट र रेड्मी वाच–६ एक्टिभ गरी तीनवटा मोडल रहेका छन्।
सिरिजको प्रमुख मोडल रेड्मी वाच–६ मा २.०७ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसको अधिकतम चमक २,००० निट्ससम्म पुग्छ।
त्यसैगरी, रेड्मी वाच–६ लाइट मा १.९६ इन्चको एमोलेड डिस्प्ले र १,५०० निट्ससम्मको अधिकतम चमक रहेको छ। ५ एटीएम पानी प्रतिरोधी क्षमतासहितको यस स्मार्टवाचमा ब्लुटुथ कलिङ, १५० भन्दा बढी खेलकुद मोड, विभिन्न स्याटेलाइट प्रणालीमा आधारित स्थान पहिचान, ९–अक्षीय गति मापन सेन्सर तथा व्यावसायिक पौडी मोडलगायतका सुविधा छन्। ४७० एमएएच क्षमताको ब्याट्रीले सामान्य प्रयोगमा १८ दिनसम्म साथ दिने कम्पनीले जनाएको छ। यसमा मुटुको धड्कन मापन गर्ने सेन्सर, प्रकाश सेन्सर र एक्सेलेरेसन सेन्सरलगायतका सुविधासमेत रहेका छन्।
रेड्मी वाच–६ एक्टिभ मा १.८५ इन्चको एमोलेड डिस्प्ले र १,२०० निट्ससम्मको अधिकतम चमक रहेको छ। लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी यसमा आईपी६८ धुलो तथा पानी प्रतिरोधी क्षमता दिइएको छ। ९.९ मिलिमिटरको पातलो र हलुका फ्ल्याट–एज डिजाइन तथा सजिलै फेर्न मिल्ने स्ट्र्यापका कारण यो दैनिक प्रयोगमा आरामदायी रहेको छ। यसमा ब्लुटुथ कलिङका साथै दिनभर मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा (SpO₂) र तनावको निगरानी गर्ने सुविधा पनि रहेको छ। सामान्य प्रयोगमा यसको ब्याट्री १८ दिनसम्म चल्ने कम्पनीले जनाएको छ।
रेड्मी वाच–६ग्लेसियर ब्लु, अब्सिडियन ब्ल्याक र सिल्भर ग्रे रङमा उपलब्ध छ। यसको मूल्य






































