National life

दूरसञ्चार क्षेत्र रूपान्तरणको वर्ष घोषणा, फाइभजी सेवा सुरु गर्ने सरकारको योजना

प्रत्येक नागरिकलाई भरपर्दो इन्टरनेट पहुँच दिने लक्ष्य, मन्त्री तिलिम्सिनाको घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१७ साउन २०८३, आइतबार
951Shares
दूरसञ्चार क्षेत्र रूपान्तरणको वर्ष घोषणा, फाइभजी सेवा सुरु गर्ने सरकारको योजना
ncell

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिलिम्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाउने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस वर्ष नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुधारसहित गुणस्तरीय र भरपर्दो सेवा विस्तारमा जोड दिइने बताएका छन्।

मन्त्री तिलिम्सिनाका अनुसार आधुनिक दूरसञ्चार पूर्वाधार विकास, सुदृढ सार्वजनिक सञ्चार प्रणाली निर्माण तथा परिणाममुखी कार्यसम्पादनमार्फत सञ्चार क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको छ। देशभर उच्च गुणस्तरको फोरजी सेवा सुनिश्चित गर्दै व्यावसायिक रूपमा फाइभजी सेवा सुरु गर्ने योजना पनि सरकारको प्राथमिकतामा परेको उनले उल्लेख गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले प्रत्येक नागरिकलाई भरपर्दो दूरसञ्चार तथा इन्टरनेट सेवाको पहुँच विस्तार गर्ने, ग्राहक अनुभव र सेवा गुणस्तरमा मापनयोग्य सुधार ल्याउने तथा नेपाल टेलिकमलाई प्रतिस्पर्धात्मक र सक्षम संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिइएको बताएका छन्।

त्यस्तै, दूरसञ्चार क्षेत्रको प्रभावकारी नियमन, सेवा गुणस्तरको कडा अनुगमन तथा उत्तरदायी र सुशासित प्रणाली विकासमा पनि विशेष ध्यान दिइने मन्त्री तिलिम्सिनाको भनाइ छ। सरकारले समग्र क्षेत्रमा सुधार गर्दै परिणाममुखी कार्यसम्पादनमार्फत दूरसञ्चार क्षेत्रलाई थप सुदृढ बनाउने लक्ष्य अघि सारेको उनले बताएका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
951SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?