National life

३५ दिनभित्र कर बुझाउन आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई महानगरको अल्टिमेटम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
536Shares
३५ दिनभित्र कर बुझाउन आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई महानगरको अल्टिमेटम
ncell

काठमाडौँ। न्युरोनस्थित आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाले महानगरपालिकालाई कर नतिरेको भेटिएपछि महानगरले ७ दिनभित्र विवरण र ३५ दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको छ।

वडा नम्बर २२ मा पर्ने यी दुवै प्लाजामध्येमा आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन भने पिपुल्स प्लाजाले नियमित तीन आर्थिक वर्षको कर नतिरेको महानगरको दाबी छ । बहाल कर दुवैले तिरेका छैनन् ।

बिहीबार प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको राजस्व स्थलगत सुपरिवेक्षण तथा अनुगमन टोलीले दुवै कम्प्लेक्स सञ्चालकसँग करसम्बन्धी विवरण माग्दा यस्तो अवस्था देखिएको हो ।

Royal Enfield
nic asia capital

त्यसपछि महानगर टोलीले कम्प्लेक्स सञ्चालकलाई ७ दिनभित्र विवरण पेस गर्न र ३५ दिनभित्र वडा कार्यालय गएर बक्यौता तिर्न पत्र दिएको छ । महानगर राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था गरिएको छ ।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले दुवै कम्प्लेक्स सञ्चालकलाई घर बहालमा लगाउँदा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारमा बुझाउनुपर्ने कानुनी व्यवस्था भएकाले यसैबमोजिम कर बुझाउन आग्रह गरे ।

अनुगमन क्रममा बहाल सम्झौता, करयोग्य सम्पत्ति सम्बन्धी विवरण माग गरिएको थियो । आरबी कम्प्लेक्समा करिब ३ सय १५ व्यवसायी र पिपुल्स प्लाजामा करिब १ सय ६० व्यवसायी रहेको महानगरले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?