National life

दूध संकलन र कारोबार बढाउन डिडिसीको त्रिपक्षीय समझदारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२७ साउन २०८३, बुधबार
1.5kShares
दूध संकलन र कारोबार बढाउन डिडिसीको त्रिपक्षीय समझदारी
ncell

काठमाडौं । दूध संकलन, बजार व्यवस्थापन तथा दुग्ध उत्पादक कृषकको आयआर्जन बढाउने उद्देश्यले दुग्ध विकास संस्थान (डिडिसी), कृषि सहकारी केन्द्रीय संघ लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच त्रिपक्षीय समझदारी भएको छ।

समझदारीको उद्देश्य दुग्ध उत्पादक कृषकलाई बजारको सुनिश्चितता प्रदान गर्नुका साथै दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर र उत्पादन वृद्धि गर्नु रहेको डिडिसीले जनाएको छ। साथै, साना किसानलाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराई उनीहरूको आयआर्जन बढाउने लक्ष्य राखिएको छ।

सम्झौताअनुसार डिडिसीले साना किसान कृषि सहकारीबाट उत्पादित दूध खरिद, बजार व्यवस्थापन तथा बढी भएको दूधलाई मखन र धुलो दूधमा रूपान्तरण गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
डिडिसीले कृषकलाई आवश्यक प्राविधिक सहयोग तथा प्रोत्साहनसमेत उपलब्ध गराउनेछ।

कृषि सहकारी केन्द्रीय संघले सदस्य दुग्ध सहकारीमार्फत दूध संकलन, चिस्यान तथा डिडिसीसम्म ढुवानीको व्यवस्था गर्नेछ। संघले कृषकलाई तालिम, पशुको नस्ल सुधार तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्नेछ।

त्यस्तै, साना किसान विकास लघुवित्तले कृषक तथा दुग्ध सहकारीलाई पशुपालन, गोठ सुधार र आवश्यक मेसिनरी खरिदका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ। जोखिम न्यूनीकरणका लागि आकस्मिक कोष व्यवस्थापनमा समेत सहयोग गर्नेछ।

दूधको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न पिक र लीन सिजनका लागि कोटा निर्धारण गरिनेछ। डिडिसीले खरिद गरेको दूधको भुक्तानी सहकारीमार्फत तोकिएको चक्रअनुसार सिधै कृषकको खातामा पठाउने व्यवस्था गरिनेछ।

सम्झौताको कार्यान्वयन तथा अनुगमनका लागि तीनवटै संस्थाका प्रतिनिधि सम्मिलित समन्वय समिति र फोकल पर्सनको व्यवस्था गरिएको छ। सहकार्यबाट ग्रामीण क्षेत्रका दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन मिल्नुका साथै ‘मिल्क होलिडे’को समस्या न्यूनीकरण गर्दै दुग्ध क्षेत्रमा आत्मनिर्भरता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?