National life

दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन विशेष अदालतको आदेश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२७ साउन २०८३, बुधबार
1.3kShares
दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन विशेष अदालतको आदेश
ncell

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ।

यसअघि सोही विषयको अर्को मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई नयाँ मुद्दामा बयान तथा थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएको थियो। दुवै जनाको बयान तथा थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो।

सोही प्रकरणमा पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भने विशेष अदालतले साधारण तारिखमा रिहा गर्ने आदेश दिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?