National life

संसद्मा हर्क साम्पाङको प्रश्न: चलचित्र र खेलकुदलाई उद्योग मान्ने कि नमान्ने?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०४ साउन २०८३, सोमबार
921Shares
संसद्मा हर्क साम्पाङको प्रश्न: चलचित्र र खेलकुदलाई उद्योग मान्ने कि नमान्ने?
ncell

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ‘उद्योग’को परिभाषा स्पष्ट गर्न माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रश्न उठाएका छन्। उनले प्रतिनिधिसभा नियमावलीअनुसार मौखिक उत्तरका लागि संसद् सचिवालयमा प्रश्न दर्ता गरेका हुन्।

साम्पाङले उद्योगको दायराभित्र के–के क्षेत्र पर्छन् भन्नेबारे स्पष्टता खोज्दै संगीत, खेलकुद र चलचित्रलाई उद्योगका रूपमा मान्यता दिन मिल्ने वा नमिल्ने विषय उठाएका छन्। यदि ती क्षेत्रलाई उद्योगको रूपमा स्वीकार गरिन्छ भने आगामी आर्थिक वर्ष २०८३/८४ मा यसतर्फ कति बजेट विनियोजन गरिएको छ भन्ने जानकारी समेत माग गरेका छन्।

Royal Enfield
nic asia capital

प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूले सरकारको कार्यक्षेत्रभित्र पर्ने सार्वजनिक महत्वका विषयमा प्रश्न उठाउन पाउने व्यवस्था छ। सोही प्रावधानअनुसार साम्पाङले मौखिक प्रश्न दर्ता गरेका हुन्।

नियमावलीमा प्रत्येक बैठकको प्रारम्भिक एक घण्टा प्रश्नोत्तरका लागि छुट्याइने व्यवस्था छ। सो अवधिमा मन्त्रीहरूले मौखिक प्रश्नको उत्तर दिनेछन् भने समय अभावमा उत्तर दिन नसकिएका प्रश्नका उत्तर लिखित रूपमा टेबुल गरिने प्रावधान रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
921SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?