National life

सम्पत्ति विवरण बुझाउन उद्योग मन्त्रालयको कडाइ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०७ साउन २०८३, बिहिबार
1.6kShares
सम्पत्ति विवरण बुझाउन उद्योग मन्त्रालयको कडाइ
ncell

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्नो मातहतका सबै निकायमा कार्यरत कर्मचारीलाई चालु आर्थिक वर्षको सम्पत्ति विवरण समयमै पेश गर्न निर्देशन दिएको छ।

मन्त्रालय अन्तर्गतका प्रतिष्ठान, संस्थान, बोर्ड, समिति, कम्पनी र प्राधिकरणमा कार्यरत कर्मचारी तथा पदाधिकारीलाई आर्थिक वर्ष २०८२/०८३ को विवरण बुझाउन सूचना जारी गरिएको हो।

प्रचलित कानुनी व्यवस्था अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले नियुक्त भएको ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण पेश गर्नुपर्ने हुन्छ।

मन्त्रालयले सोही व्यवस्था स्मरण गराउँदै सबै सम्बन्धित कर्मचारीलाई अनिवार्य रूपमा विवरण बुझाउन आग्रह गरेको हो।

Royal Enfield
nic asia capital
साथै, चालु आवमा अवकाश लिएका कर्मचारीको विवरण समेत सम्बन्धित निकायमार्फत एकमुष्ट रूपमा मन्त्रालयमा दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ।

यस प्रक्रियामा नयाँ नियुक्त कर्मचारीलाई संकेत नम्बर उपलब्ध गराउने, कार्यरत कर्मचारीले पहिलेको संकेत नम्बर उल्लेख गर्ने, विवरण राष्ट्रिय सतर्कता केन्द्रको सफ्टवेयरमा प्रविष्ट गर्ने र तोकिएको साइजको खाम प्रयोग गर्ने जस्ता व्यवस्था अनिवार्य गरिएको छ। खाम बाहिर नै आवश्यक विवरण उल्लेख गर्नुपर्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?