National life

४ करोड बढीको लगानीमा ललितपुर महानगरद्वारा लिफ्टसहितको पुल बनाउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
616Shares
४ करोड बढीको लगानीमा ललितपुर महानगरद्वारा लिफ्टसहितको पुल बनाउँदै
ncell

काठमाडौँ । ललितपुरस्थित चक्रपथ सडकमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माणको शिलान्यास गरिएको छ।

महानगरका प्रमुख चिरी बाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी आज अपाङ्गमैत्री आकाशे पुल निर्माण कार्यको शिलान्यास गरेका हुन।

आठ मिटरभन्दा ठुला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरको जोड बलमा पुल निर्माणका लागि अनुमति लिएको ललितपुर महानगरका प्रमुख महर्जनको भनाई छ ।

सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संविधानले व्यवस्था गरे बमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको भन्दै उनले तोकिएकै समयभित्र निर्माण कार्य पूरा गर्न सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिए ।

महानगरले ठेकेदार कम्पनी लामा प्रगति-मनि बुद्ध जेभी, काभ्रेसँग ४ करोड ६८ लाख ९ हजार ५ सय ६१ रुपैयाँको लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?