काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कुल १ लाख ४८ हजार ६०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौँमा निवेदन दिनुपर्नेछ ।
साथै, निर्धारित समयभित्र संस्थापक शेयर धनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।





































