National life
cg eloctronics

बीमा कम्पनीले दुई महिनामा तिरे साढे १३ अर्ब दाबी, भुक्तानी हुन बाँकी रकम कति?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२८ असोज २०८३, बुधबार
391Shares
बीमा कम्पनीले दुई महिनामा तिरे साढे १३ अर्ब दाबी, भुक्तानी हुन बाँकी रकम कति?
ncell

काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को भदौसम्म नेपालका बीमा कम्पनीहरूले १३ अर्ब ६८ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा कम्पनीले गरी ७३ हजार ६१२ वटा दाबीको भुक्तानी गरेका हुन्।

प्राधिकरणका अनुसार समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले ४९ हजार ७७३ वटा दाबीबापत ९ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो आर्थिक वर्षको भदौसम्म ४३ हजार ३६३ वटा दाबीबापत ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यससँगै अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको भदौसम्म जीवन बीमाको दाबी भुक्तानी संख्या १४.७८ प्रतिशत र रकम १७.२५ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ।

यद्यपि, जीवन बीमातर्फ भुक्तानी हुन बाँकी दाबीको संख्या र रकम पनि बढेको छ। चालू आर्थिक वर्षको भदौसम्म १ लाख २१ हजार ६४४ वटा दाबीको ९ अर्ब ७१ करोड ९० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ। अघिल्लो वर्षको सोही अवधिमा ५६ हजार ५९७ वटा दाबीको ४ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी थियो।

निर्जीवन बीमाको दाबी भुक्तानी पनि बढ्यो

निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको भदौसम्म २३ हजार ८३९ वटा दाबीबापत ३ अर्ब ९९ करोड ४ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

अघिल्लो आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमा कम्पनीहरूले २२ हजार ३८२ वटा दाबीबापत ३ अर्ब २५ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेका थिए। यसले निर्जीवन बीमाको दाबी भुक्तानी संख्या र रकम दुवै बढेको देखाउँछ।

भुक्तानी हुन बाँकी दाबीको दबाब कायमै

निर्जीवन बीमातर्फ पनि भुक्तानी हुन बाँकी दाबीको चाप उल्लेख्य छ। उपलब्ध विवरणअनुसार चालू आर्थिक वर्षको साउनसम्म १ लाख ५ हजार ४४९ वटा दाबीको ४० अर्ब ९५ करोड ३० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ।

प्राधिकरणको विवरणमा अघिल्लो वर्षको तुलनामा निर्जीवन बीमाको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ८.०६ प्रतिशत र ४०.०६ प्रतिशतले बढेको उल्लेख छ।

जीवन तथा निर्जीवन दुवै बीमातर्फ दाबी भुक्तानी बढे पनि भुक्तानी हुन बाँकी दाबीको संख्या र रकमसमेत उच्च देखिएकाले बीमा कम्पनीहरूका लागि समयमै दाबी व्यवस्थापन गर्नु महत्त्वपूर्ण देखिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
391SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?