काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ आइतबार (आज) बाँडफाँड भएको छ । आईपीओ बाँडफाँड बिओके क्यापिटल मार्केट लिमिटेडको नारायणचौर नक्सालमा भएको हो ।
कम्पनीले गत साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
क्यापिटलका अनुसार आइपीओमा कुल १३ लाख १६ हजार ५२९ आवेदकबाट १ करोड ४३ लाख ६ हजार ७९० कित्ता शेयर माग भएको थियो। जसमा १३ लाख ११ हजार ५१७ आवेदकबाट परेको १ करोड ४२ लाख २४ हजार ७२० कित्ता शेयर सदर भएको थियो भने ५ हजार १२ आवेदकबाट परेको ८२ हजार ७० कित्ता बदर भएको थियो।
मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी २ लाख २७ हजार ६६२ आवेदनले १० कित्ताका दरले शेयर पाउनेछन् भने सदर आवेदकमध्ये १० लाख ८३ हजार ८५५ आवेदकको हात खाली भएको छ।
कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। जसमा सअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको थियो।
सर्वसाधारणका लागि जारी गरिएको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।





































