National life

भुजुङ हाईड्रोपावरको आइपीओ बिहीबारदेखि खुला हुँदै, कसले पाउँछ आवेदन दिन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०२ पुस २०८२, बुधबार
1.5kShares
भुजुङ हाईड्रोपावरको आइपीओ बिहीबारदेखि खुला हुँदै, कसले पाउँछ आवेदन दिन ?
ncell

काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले बिहीबार (पुस ३ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आइपीओ निष्कासन गर्दैछ ।

जसमा कम्पनीले १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको छ । जसमध्ये लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–४ स्थित प्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाका लागि ६ लाख कित्ता तथा सोही गाउँपालिकाका अन्य वडाहरु (१, २, ३, ५, ६, ७, ८ र ९) का अप्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख कित्ता सेयर छुट्याइएको हो। यस्तै, कम्पनीले १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका दुवै लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।आयोजना प्रभावित क्षेत्रका लागि छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

स्थानीय बासिन्दाले कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकका बेंसीशहर शाखा, क्व्होलासोथार गाउँपालिका–४ को कार्यालय तथा कम्पनीको काठमाडौंस्थित कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?