National life

सान्भि इनर्जीको आइपीओमा अन्तिम दिनसम्म मागभन्दा १०.७१ गुणा बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ जेठ २०८२, मङ्गलबार
1.2kShares
सान्भि इनर्जीको आइपीओमा अन्तिम दिनसम्म मागभन्दा १०.७१ गुणा बढी आवेदन
ncell

काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको आइपीओमा आज अन्तिम दिनसम्ममा २ अर्ब ५८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। कम्पनीको आइपीओमा २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताको लागि आवेदन परेको सीडीएसले जनाएको छ ।

सर्वसाधारणलाई खुला गरेको यो आइपीओ मागभन्दा १०.७१ गुणा बढी आवेदन परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सान्भि इनर्जीले शुक्रबार जेठ ९ देखि आजसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीले यसअघि जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । त्यस लगत्तै , वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पनि २ लाख ९१ हजार कित्ता आइपीओ निष्कासन गरिसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?