National life

सान्भि इनर्जीको आइपीओ आवेदनको ओइरो, तीन दिनमा १३ लाख बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ जेठ २०८२, आइतबार
1.1kShares
सान्भि इनर्जीको आइपीओ आवेदनको ओइरो, तीन दिनमा १३ लाख बढी आवेदन
ncell

काठमाडौँ । जेठ ९ गते शुक्रवारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको सान्भि इनर्जी लिमिटेडको आइपीओमा हालसम्म १ अर्ब ६३ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

आज आइतबार साँझसम्ममा १३ लाख १० हजार ५६४ जना सर्वसाधारण आवेदकहरूले १ करोड ६३ लाख ९ हजार ९८० कित्ता सेयरका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो। यसमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सान्भिले यसअघि जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पनि २ लाख ९१ हजार कित्ता आइपीओ निष्कासन गरिसकेको छ । सर्वसाधारणले आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?