National life

रास्वपा पदाधिकारीमा को–को भए निर्वाचित (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|१२ असार २०८३, शुक्रबार
1.3kShares
रास्वपा पदाधिकारीमा को–को भए निर्वाचित (सूचिसहित)
ncell

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। निर्वाचनबाट पाँच पदमा नयाँ नेतृत्व चयन भएको हो।

महिला उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छन्। उनले ७८९ मत प्राप्त गर्दै प्रतिस्पर्धी तोसिमा कार्कीलाई पराजित गरिन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्कीले ५७२ मत पाएकी छन्।

महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। उनले ६७३ मत प्राप्त गरी नेतृत्वमा स्थान सुरक्षित गरेका हुन्।

सहमहामन्त्री (खुला)तर्फ असिम शाह र हरि ढकाल विजयी भएका छन्। शाहले ४७१ मत प्राप्त गर्दा ढकालले ४१० मत ल्याएका छन्।

यस्तै, महिला सहमहामन्त्री पदमा निशा डाँगी निर्वाचित भएकी छन्। उनले ७३७ मत प्राप्त गर्दै उक्त पद आफ्नो पक्षमा पारिन्।

रास्वपाको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमार्फत पदाधिकारी चयन प्रक्रिया सम्पन्न भएको हो।

यसअघि सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?