National life

रास्वपा महाधिवेशन: पदाधिकारीका लागि उम्मेदवार सूची सार्वजनिक

उपसभापति, महामन्त्री तथा सह–महामन्त्री पदका लागि विभिन्न क्लस्टरमा उम्मेदवारी परेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१२ असार २०८३, शुक्रबार
885Shares
रास्वपा महाधिवेशन: पदाधिकारीका लागि उम्मेदवार सूची सार्वजनिक
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढेको छ। यसै क्रममा पार्टीको केन्द्रीय निर्वाचन आयोगले विभिन्न पदका प्रारम्भिक उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ।

आयोगका अनुसार उपसभापति, महामन्त्री तथा सह–महामन्त्री पदका लागि विभिन्न क्लस्टरमा उम्मेदवारी परेको छ। आवश्यक प्रक्रिया पूरा गरी छिट्टै अन्तिम नामावली प्रकाशन गरिने र त्यसपछि मतदान प्रक्रिया सुरु हुने जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महिलातर्फको उपसभापति पदका लागि दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। यसअघि दाबी गरेका एक उम्मेदवारले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका छन्।

महामन्त्री पदमा भने उच्च प्रतिस्पर्धा देखिएको छ, जहाँ १० जनाले उम्मेदवारी दिएका छन्। यस्तै, खुला सह–महामन्त्रीका लागि ११ जना र महिलातर्फ ५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

यसअघि पुरुष उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भइसकेका छन्।

पहिलो चरणबाट केन्द्रीय सदस्यहरूको चयन सम्पन्न भइसकेपछि अहिले पार्टीको शीर्ष नेतृत्व चयनका लागि दोस्रो चरणको प्रक्रिया अघि बढाइएको हो। निर्वाचन आयोगले उम्मेदवारी फिर्ता र छानबिनपछि अन्तिम सूची सार्वजनिक गरी बन्दसत्रमार्फत मतदान गराउने तयारी गरिरहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
885SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?